समाजवादको यात्रा
एउटा हातमा दस्ताबेज
अर्को हातमा कोदालो
क्रान्तिभित्र शान्तिको खोजीमा
कहिले उकालो कहिले ओरालो
यात्रा अनिश्चय सम्भावनाको
हो यही महान् यात्रामा
कोही दस्ताबेज लेख्दा छुटे
कोही कोदालो देख्दा छुटे
कोही क्रान्तिमा छुटे
कोही शान्तिमा छुटे
कोही ओरालोमा चिप्लिए
कोही उकालोमा थाके
कोही मोर्चाबाट भागे
अघि बढ्नुको विकल्प थिएन
रक्षा गर्दै रूपान्तरण हुँदै
क्रान्तिभित्र शान्ति शान्ति भन्दै
कहिले बन्दुक बोक्दै
कहिले धान रोप्दै ।
देख्नेले भने स्याउको
बिरुवा रोप्दैमा क्रान्ति हुन्छ ?
महोदय सूक्ष्म दृष्टिकोणबाट हेर्नुहोस्
त्यता समाजवाद रोपेको देखिन्छ ।
देख्नेले भने कम्युन चलाउँदैमा
समाजवाद आउँछ ?
समाजवाद आउनलाई
कम्युन चलाउनै पर्छ
पुरानो व्यवस्था ढलाउनै पर्छ ।
कसैले भन्छन् फुटेर बिग्रेको हो
हामीले भन्छौ बिग्रेर फुटेको हो
बरु आऊ अब धुलो मैलो सफा गरेर
बरु आऊ हातखुट्टा मजबुत बनाएर
दिमागमा निराशाको पर्खाल भत्काएर
जनतासँग ,जनताको गीत गाएर
नाच्दै नाच्दै अघि बढौँ
त्यो समाजवादको उकालो चढौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण