निर्माणाधीन भवनको एक भाग भत्किँदा २० जना पुरिएको आशंका
शनिबार, २७ पुस २०८१, १७ : ३९
उत्तर प्रदेश । उत्तर प्रदेशको कन्नौज रेलवे स्टेशन नजिकै निर्माणाधीन भवनको एक भाग शनिबार भत्किएको छ । भग्नावशेषमा २० जना पुरिएको आशंका गरिएको छ ।
हालसम्म १४ जनाको उद्धार गरिएको छ । दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्राप्त जानकारी अनुसार भग्नावशेषमा फसेका अधिकांश मजदुर रहेका छन् ।
समाजवादी पार्टीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा यस घटनाका केही तस्विरहरू सेयर गरेको छ । कन्नौज रेलवे स्टेसनमा यात्रुको प्रतीक्षालय बनाइएको थियो जसको एक भाग भत्किएको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण