छोराका लागि आमिरले छाडे चुरोट
मुम्बई । बलिउड अभिनेता आमिर खानले हालै चुरोट छोड्ने निर्णय गरेका छन् । आमिरले आफ्ना छोरा जुनैद खानको फिल्म लवयापाको ट्रेलर लञ्चको अवसरमा यस्तो बताएका हुन् । यस क्रममा उनले व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरे।
आमिरले भने, ‘मैले चुरोट पिउन छोडेको छु । मलाई धूम्रपान गर्न मन पर्छ, मलाई धेरै रमाइलो लाग्छ। धेरै वर्षदेखि चुरोट पिएँ, त्यसपछि पाइपबाट चुरोट पिउन थाले । तम्बाकू मलाई रमाइलो लाग्ने चीज हो। तर यो स्वास्थ्यका लागि राम्रो होइन । कसैले धूम्रपान गर्नु हुँदैन। छ। यो राम्रो बानी होइन। म खुसी छु, मैले यो नराम्रो बानी त्यागेको छु।’
आमिरले भने, ‘म धूम्रपान छाड्दा निकै खुसी छु । आज म मेरो कुरा हेर्ने र सुन्नेहरूलाई पनि चुरोट छोड्न भन्न चाहन्छु । यो निर्णय मेरो लागि टर्निङ प्वाइन्ट भएको छ किनभने मैले यो मेरो छोरा जुनैदको लागि लिएको छु। साँच्चै भन्दा मैले मनमा एउटा इच्छा राखेको थिएँ। तर अहिले जुनैदको फिल्म चलोस् वा नचलोस्, बुवा भएर म आफ्नो तर्फबाट चुरोट छोड्दैछु ।
फिल्म लवयापाको कुरा गर्दा जुनैदसँग खुसी कपूर मुख्य भूमिकामा छिन् । जुनैदले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म महाराजबाट स्क्रिन डेब्यू गरेका थिए भने उनको पहिलो फिल्म लवयापा फेब्रुअरी ७ मा हलमा रिलिज हुँदैछ।
फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् । निर्देशक अद्वैत चन्दनले आमिरको फिल्म लाल सिंह चड्डा पनि बनाएका थिए । आमिर आगामी फिल्म सितारे जमीँ परमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण