सेयर बजार
साताको सेयर बजार : चार दिनमा ४७ अंकको गिरावट
बिहीबार, ०३ माघ २०८१, १६ : ५१

काठमाडौँ । यो साता सेयर बजारमा ४७ अंकको गिरावट आएको छ । गत बिहीबार २६३५ अंकमा पुगेर कारोबार रोकिएको थियो । आज साताको अन्तिम कारोबार दिन (बिहीबार) परिसूचक २५८८ अंकमा झरेको छ ।
यो साताको आइतबार बजार २५ अंकले घटेको थियो । सोमबार १५ अंकले घट्यो भने मंगलबार माघीका कारण बजार बन्द रह्यो । बुधबार बजार स्थिरजस्तै देखियो ।
बुधबार बजारमा १.८३ अंकको सामान्य वृद्धि देखियो । आज बिहीबार बजार पुनः ७ अंकले झरेको छ । यो साता कारोबार रकममा पनि ठुलो उतारचढाव देखियो ।
गएको बिहीबार बजारमा ७ अर्ब २३ करोडको कारोबार भएको थियो । आज ५ अर्ब ९३ करोडको कारोबार भएको छ । आइतबार यो साताको सबैभन्दा कम ३ अर्ब ९४ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ