सेयर बजार
साताको सेयर बजार : चार दिनमा ४७ अंकको गिरावट
बिहीबार, ०३ माघ २०८१, १६ : ५१
काठमाडौँ । यो साता सेयर बजारमा ४७ अंकको गिरावट आएको छ । गत बिहीबार २६३५ अंकमा पुगेर कारोबार रोकिएको थियो । आज साताको अन्तिम कारोबार दिन (बिहीबार) परिसूचक २५८८ अंकमा झरेको छ ।
यो साताको आइतबार बजार २५ अंकले घटेको थियो । सोमबार १५ अंकले घट्यो भने मंगलबार माघीका कारण बजार बन्द रह्यो । बुधबार बजार स्थिरजस्तै देखियो ।
बुधबार बजारमा १.८३ अंकको सामान्य वृद्धि देखियो । आज बिहीबार बजार पुनः ७ अंकले झरेको छ । यो साता कारोबार रकममा पनि ठुलो उतारचढाव देखियो ।
गएको बिहीबार बजारमा ७ अर्ब २३ करोडको कारोबार भएको थियो । आज ५ अर्ब ९३ करोडको कारोबार भएको छ । आइतबार यो साताको सबैभन्दा कम ३ अर्ब ९४ करोडको कारोबार भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण