ओली सरकार पूर्णरुपमा असफल र अक्षम भयो : साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र अक्षम भएको टिप्पणी गरेका छन् । आफ्नो प्रतिबद्धता आफै कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार बिघटन गर्न लायक भएको उनले बताए ।
आजपा निकटको आम विद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो असफल भईसकेको सरकार मुलुक र नागरिकलाई आवश्यक नभएको बताए ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेका बीचमा सात बुँदे सहमती गरेर सरकार गठन भएको थियो । तर कांग्रेस र एमालेले गरेको सहमति नै ओली नेतृत्वको सरकार कार्यान्वयन गर्न असफल भएको साहको टिप्पणी छ । संविधान संशोधन गर्ने भनेर सहमती गर्ने तर प्रधानमन्त्री ओलीले २०८७ सालमा संविधान संशोधन गर्ने अभिव्यक्ति दिएपछि साहले यस्तो टिप्पणी गरेका हुन् ।
आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, सचिव उमेश कुशवाहा, आम महिला मोर्चाका कोषाध्यक्ष मिना देवी साह लगायतको सहभागिता रहेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जानकारी दिए । बैठकमा शैक्षिक क्षेत्रका विविध विषयमा छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण