प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लिभरपुलले थप सफलता हासिल गरेको छ । शनिबार राती भएको खेलमा ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराउँदै लिभरपुलले लिग लिडरसिपलाई थप बलियो बनाएको हो ।
लिभरपुललाई विजयी गराउन दुबै गोल सब्स्टीच्यूट खेलाडी डार्विन नुनेजले गरे । उनले निर्धारित ९० मिनेटको समय घर्कीएपछि तीन मिनेटको अवधिमा दुई गोल गरेका हुन् ।
योसँगै लिभरपुलले अंक तालिकामा अग्रता फराकिलो पारेको छ । लिभरपुलको २१ खेलबाट ५० अंक भएको छ । प्रिमियर लिगको यो सिजन लिभरपुलले जम्मा १ खेल मात्रै गुमाएको छ भने १५ खेलमा स्पष्ट जित हासिल गर्दा ५ खेल बराबरी गर्दै अंक बाँडेको छ ।
यस्तै, प्रिमियर लिग अन्तर्गत शनिबार भएका अन्य खेलमा बर्नमथले न्यूक्यासल युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको छ भने फुलहमले रेलिगेशन क्षेत्रमा रहेको लेस्टर सिटीलाई २-० ले स्तब्ध तुल्यायो । यस्तै, क्रिष्टल प्यालेसले अवे मैदानमा वेक्ष् ह्याम युनाइटेडलाई २-० गोलले नै पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन