नेपाली र दक्षिण कोरियाली कविता वाचन
सोमबार, ०७ माघ २०८१, २२ : १९

काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै मुलुकका कविहरुले कविता वाचन गरेका थिए ।
कार्यक्रममा दक्षिण कोरियाका कविहरु किम ह्याङ ह्यो, छाङ यङ जा, खिम छा नाम, लिह्यो, ओह छुङ्ग्योङ, ली यङ जु, छाङ यङसुक तथा नेपालका कविहरु भूपाल राई, विमल निभा, मातृका पोखरेल, सीता शर्मा, कृष्ण प्रसाईं, बाबा बस्नेत, डा सृजना शर्माले कविता वाचन गरिन् । कार्यक्रममा प्रगति राईद्वारा सम्पादित ‘के–डिका पोएम’ (तस्बिर–कविता) को लोकार्पण गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यले भौगोलिक दूरत्वलाई घटाउने भएकाले यस प्रकारका अन्तरदेशीय साहित्यिक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा