चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा
एजेन्सी । चीनले आइतवार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ । सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो ।
अन्तरिक्षमा इग्निशन परीक्षण भनेको रकेट इन्जिन अन्तरिक्ष अवस्थामा सजिलैसँग सुरु र सञ्चालन गर्न सकिन्छ कि भनेर जाँच गर्न प्रयोग गरिने प्रक्रिया हो ।
मुलुकले एकै दिन तीनवटा इग्निसन परीक्षण गरेको यो पहिलो पटक हो । उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानको बाओलोङयु क्षेत्रमा रहेको एकेडेमी अफ एयरोस्पेस प्रोपल्सन टेक्नोलोजी सीएएससीको सहायक कम्पनीले परीक्षणहरू गरेको हो ।
परीक्षणहरूमा दुई १२०–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन र एउटा १८–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन समावेश थियो । संस्थानले देशको परीक्षण र प्रमाणिकरण क्षमताहरूमा ठूलो प्रगति भएको बताएको छ, जसले भविष्यमा थप प्रक्षेपण मिशनहरूको लागि बलियो समर्थन प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण