टिकटक किन्न खोज्दै मिस्टर बिस्ट
वासिङ्टन डिसी । चर्चित युट्युब तथा टिकटक स्टार मिस्टर बिस्टले टिकटक किन्न खोजिरहेका छन् । लगानीकर्ताहरूको समूहसँग मिलेर उनले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटक किन्न खोजिरहेका हुन् ।
अमेरिकामा जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेपछि टिकटकलाई प्रतिबन्धमा ७५ दिनको छूट दिएका छन् । यो अवधिभित्र टिकटकको माउ कम्पनी बाइटडान्सले एपका लागि गैर चिनियाँ मालिक खोजिसक्नु पर्ने छ । होइन भने एपमाथि अमेरिकामा स्थायी रूपमै प्रतिबन्ध लाग्नेछ ।
‘ठिक छ, यसमाथि प्रतिबन्ध नलागोस् भनेर म नै टिकटक किन्नेछु,’ जनवरी १३ मा माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा मिस्टर बिस्टले भनेका थिए । उनको टोन झट्ट सुन्दा जिस्केको जस्तो सुनिएको थियो । तर यस मामिलामा उनी गम्भीर भएको उनका वकिलले मंगलबार सीएनएनलाई भनेका थिए । मिस्टर बिस्को वास्तविक नाम जेमी डोनल्डसन हो ।
बिस्ट र लगानीकर्ताहरूको एक समूहले टिकटक किन्न लागि परेको बताइएको छ । अमेरिकामा प्रतिबन्ध नजिकिँदै गर्दा शनिबार राति देखि टिकटकले अमेरिकामा सेवा बन्द गरेको थियो ।
तर ट्रम्पले शपथ ग्रहणको दिनमा प्रतिबन्धमा ७५ दिनको ढिलाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेपछि सेवा बन्द गरेको १२ घण्टापछि कम्पनीले सेवा सुचारु गरेको थियो । एक्समा पोस्ट गरेको दुई दिनपछि टिकटकमा भिडियो पोस्ट गर्दै यसलाई किन्ने आशय व्यक्त गरेका थिए । आफू भर्खरै केही अर्बपतिहरूलाई भेटेर आएको उनले भिडियोमा भनेका थिए । आफूसँग कम्पनी खरिदका लागि अफर पनि भएको उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण