बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
बुधबार, ०९ माघ २०८१, २२ : ३४

बैतडी । यहाँको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा आज भएको आगलागीबाट सात लाख बढीको क्षति भएको छ । भट्टको घरमा बालेको दियोबाट आगो सल्किँदा उक्त परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा रु सात लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का