भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी, १७ तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी सुरु भएको छ । माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पस्मिना इन्टरनेशनल एक्स्पो पनि सुरु भएको हो । यो मेलालाई नेपाल पस्मिना उद्योग सङ्घले आयोजना गरेको हो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका छन् ।
मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पस्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू छन् । पस्मिना मेला नेपालमा पहिलो पटक आयोजना भएको हो । मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) मेलाको सह आयोजकका रूपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन