प्रयोगकर्ताहरूको निजी सन्देशहरू अन्य कम्पनीलाई दिएका लिंक्डइनमाथि आरोप
वासिङटन डीसी । अमेरिकामा लिंक्डइनका प्रिमियम प्रयोगकर्ताहरूले कम्पनीमाथि मुद्दा दायर गरेका छन् । कम्पनीले प्रयोगकर्ताहरूको डेटा अन्य कम्पनीहरू दिएको भन्दै उक्त मुद्दा हालिएको हो ।
विश्वको सबैभन्दा ठूलो व्यावसायिक सामाजिक सञ्जाल वेबसाइट लिंक्डइनले आफ्ना व्यक्तिगत सन्देशहरू अन्य कम्पनीहरूलाई दिइरहेको उनीहरूको आरोप छ । कृत्रिम बौद्धिकता अर्था एआई मोडेलहरूलाई तालिम दिन आफ्ना सन्देशहरूको दुरुपयोग गरिएको मुद्दामा भनिएको छ ।
आरोपहरू अनुसार गएको वर्ष अगस्टमा लिंक्डइनले गुप्त रुपमा एक गोपनीयता सेटिङ सुरु गरेको थियो । यसले प्रयोगकर्ताहरूलाई स्वचालित रूपमा यस्तो एउटा कार्यक्रममा सहभागी गराएको थियो जसमा थर्ड पार्टी कम्पनीहरूले आईलाई तालिम दिन उनीहरूको व्यक्तिगत डेटा प्रयोग गर्न सक्थे ।
प्रयोगकर्ताको जानकारी एआईलाई तालिम दिन दिन सकियोस् भनेर एक महिना पछि कम्पनीले आफ्नो गोपनीयता नीति परिवर्तन गरेको आरोप पनि लगाइएको छ । तर लिंक्डइनका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै यो आरोप अस्वीकार गरेका छन् ।
‘यी झूटा दाबीहरू हुन् जसको कुनै आधार छैन’ प्रवक्ताले भनेका छन् । लिंक्डइन अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण