साबिक विजेतालाई हराउँदै ‘अन्डरडग’ म्याडिसनलाई अस्ट्रेलियन ओपन
शनिबार, १२ माघ २०८१, २१ : १०
मेलबर्न । अमेरिकी खेलाडी म्याडिसन किजले साबिक विजेता आर्याना साबालेंकालाई स्तब्ध बनाउँदै अस्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकी छन् । म्याडिसनले कुनै पनि ग्रान्ड स्लाम जितेको यो पहिलो अवसर हो ।
पछिल्लो सात वर्षमा पहिलो तथा समग्रमा दोस्रो फाइनल खेलिरहेकी म्याडिसनले ६–३, २–६ र ७–५ ले विश्व नम्बर १ खेलाडीलाई पराजित गरिन् । २९ वर्षकी म्याडिसनभन्दा मात्र ३ महिला खेलाडीले योभन्दा धेरै उमेरमा कुनै पनि ग्रान्ड स्लामको उपाधि पहिलो पटक जितेका छन् ।
उनी मेलबर्नको प्रतियोगितामा १९ औँ सिडमा रहेकी थिइन् । उता, लगातार तेस्रो पटक सिजनको पहिलो ग्रान्ड स्लाम जित्ने सुरमा रहेकी बेलारुसकी साबालेंकालाई भने ठुलो धक्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण