कडा सुरक्षा घेराबिच अखिल क्रान्तिकारीको मतगणना
काठमाडौँ । कडा सुरक्षा घेराबिच अनेरास्ववियु क्रान्तिकारीको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना सुरु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मतगणना सुरु भएको हो ।
पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र केन्द्रीय निकायहरूको छुट्टा छुट्टै गरी चार ठाउँबाट मतगणना गरिएको विद्यार्थी नेता मदन भट्टराईले जानकारी दिए । २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन भएको थियो । तर मत गणनाको विषयमा अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्षबिच विवाद हुँदा स्थगित भएको थियो ।
_n6t1Va0UY7.jpg)
मंगलबार दिनभर सर्वपक्षीय बैठकमा दुई पक्षबिच सहमति भएपछि निर्वाचन समितिले मतगणना गरेको हो । तारबारसहित कडा सुरक्षा घेरामा मतगणना भइरहेको छ ।
उपत्यका विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ गरी ५२२ मत गणना हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण