सङ्घीय समपूरक अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजनाका लागि प्रस्ताव आह्वान
काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२–८३ मा सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको लागि प्रस्तावसहित विवरण आह्वान गरेको छ ।
२०८१ फाल्गुण १५ भित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत (www.csgrants.gov.np) आयोगमा पेश गर्न सबै प्रदेश सरकार तथा स्थानीय तहको जानकारी गराइउको हो ।
कार्यक्रमको प्रस्ताव पेश गर्दा 'समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१' र 'विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१' बमोजिम आयोजना वा तोकिए अनुसारको विवरण सहित सोको आवश्यकता र औचित्य पुष्टि हुने गरी सम्बन्धित अनुदान अन्तर्गत प्रस्ताव गर्न सकिने प्रमुख क्षेत्र, कार्यक्रम, आधार, बजेट सीमा तथा सङ्ख्या बमोजिम पेश गर्न सकिने सूचनामा उल्लेख छ ।
आयोजना वा कार्यक्रमको प्रस्ताव उल्लिखित कार्यविधिमा तोकिएअनुसार कानुनतः जिम्मेवार प्राप्त पदाधिकारीबाट सर्त पूरा भएको प्रमाणीकरण फारम भरी प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगको प्राथमिकीकरण सहितको सिफारिसमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय र स्थानीय तहको हकमा प्राथमिकीकरण सहितको कार्यपालिकाको निर्णय समेत पेश गर्नुपर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण