डढेलो नियन्त्रण तथा व्यवस्थापनमा चनाखो रहन आग्रह
काठमाडौँ । वन तथा भू–संरक्षण विभागले डढेलो नियन्त्रण तथा व्यवस्थापनमा चनाखो रहन आग्रह गरेको छ । यो वर्ष हिउँदे वर्षा नभएकाले जमिन सुख्खा तथा तापक्रममा पनि वृद्धि भएको हुँदा वन डढेलो लाग्ने सम्भावना बढी भएकाले सबैलाई चनाखो रहन विभागले आग्रह गरेको हो ।
विभागले सूचना जारी गर्दै वन डढेलो तथा वन क्षेत्रमा आगलागी सुरु भइसकेकाले नियन्त्रण र व्यवस्थापनका लागि ८४ वटै डिभिजन वन कार्यालयलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । विभागको सूचनामा आवश्यक सुरक्षाका साथ अग्रभागमा रही वन डढेलो नियन्त्रण र व्यवस्थापन कार्यमा खट्न तथा खटाउन व्यवस्था गर्न भनिएको छ ।
हरेक वर्ष वन डढेलो वन संरक्षण तथा व्यवस्थापनका लागि एक विकराल समस्याको रूपमा बन्दै गएको छ । बढ्दो तापक्रम, प्रतिकुल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको समेत उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण