मौरिस हर्जोगको चर्चित पुस्तक अब नेपाली भाषामा
काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद भएको छ । नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन् ।
सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ । यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे भने पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ । यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित गराएको छ ।
तर अहिलेसम्म यो पुस्तक नेपाली भाषामा अनुवाद भएको थिएन । यस अनुवादको प्रकाशन नेपाली पाठकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ । फ्रान्सेली दूतावासको वित्तीय सहयोग रहेको यसको अनुवाद जिम्मेवारी एलायन्स फ्रान्सेज काठमाडौंलाई दिइएको थियो ।
‘मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’ ले नेपाललाई विश्वभर चिनाउन ठूलो भूमिका खेलेको छ, तर यो अहिलेसम्म नेपाली भाषामा आउन सकेको थिएन,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यस ऐतिहासिक कृतिलाई नेपालीमा अनुवाद गरेर हामी यो फ्रान्सेली–नेपाली आरोहण टोली तथा हर्जोग र लुइस लाचेनालको अद्वितीय उपलब्धिलाई सम्मान गर्न चाहन्छौँ । साथै यस पुस्तलाई आम नेपालीसम्म पु¥याउने हाम्रो प्रयास हो ।’
मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’को नेपाली अनुवादलाई सहयोग गर्न पाउँदा फ्रान्सेली दूतावास गौरवान्वित भएको अनुवाद हस्तान्तरणका अवसरमा राजदूत कोर्तभालले बताइन् ।
फ्रेन्च भाषाका अध्यापकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले अनुवाद गरेको यस पुस्तकले नेपालको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै आएको छ, जसले असंख्य व्यक्तिहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनुपम हिमाली दृश्यहरू अन्वेषण गर्न प्रेरित गरेको छ । यसले नेपाललाई पर्वतारोहण र साहसिक यात्राका लागि अद्वितीय अवसरहरूको भूमिका रूपमा थप स्थापित गरेको छ ।
नेपाली अनूदित संस्करण सन् २०२५ जुन ३ मा सार्वजनिक गरिने जनाइएको छ । जुन दिन ठीक ७५ वर्षअघि मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्णको चुचुरोमा पाइला टेकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण