अल–आहलीलाई उपाधि चुमाउँदै ऐतिहासिक खेलाडी बने फर्मिनो, मेन्डी र माहरेज
काठमाडौँ । साउदी अरेबियन क्लब अल–आहलीले एसियाली फुटबल महासंघ (एएफसी) च्याम्पियन्स लिगको उपाधि चुम्दा इङ्लिस प्रिमियर लिगका तीन पूर्व खेलाडीले इतिहास रचेका छन् । अल–आहलीले शनिबार राति सम्पन्न एएफसी च्याम्पियन्स लिगको फाइनलमा बलियो जापानी क्लब कावासाकी फ्रन्टेललाई २–० गोलले हराउँदै उपाधि जितेको हो ।
अल–आहलीको जितसँगै रोबर्टो फर्मिनो, एडुआर्ड मेन्डी र रियाद माहरेजले पनि इतिहास रचेका हुन् । उनीहरु युरोपेली र एसियाली च्याम्पियन्स लिगको उपाधि चुम्ने पहिलो र ऐतिहासिक खेलाडी बनेका छन् । रोबर्टो फर्मिनो सन् २०२३ मा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट अल–आहलीमा आबद्ध भएका हुन् । एडुआर्ड मेन्डी पनि सन् २०२३ मै अर्को इङ्लिस क्लब चेल्सीबाट अल–आहली पुगेका हुन् ।
यसैगरी, रियाद माहरेज पनि सन् २०२३ मै इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट अल–आहलीमा आबद्ध भएका थिए । कावासाकीविरुद्धको खेलमा अल–आहलीले दुबै गोल पहिलो हाफमै गरेको थियो । निर्धारित समयको ३५ औँ मिनेटमा अल–आहलीका लागि गालेनोले पहिलो गोल गरेका थिए । पहिलो हाफको खेल सकिनुभन्दा आठ मिनेटअघि फ्रान्क केसिएले टोलीका लागि दोस्रो गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण