मेट गालामा डेब्यू गर्दैछन् दिलजित दोसांझ
नयाँ दिल्ली । हालै बलिउड अभिनेता शाहरुख खान र कियारा आडवाणी ‘मेट गाला’ मा गएको खबर आएको थियो । यसमा सहभागी हुन् किंग खान पनि न्यूयोर्क पुगेका भन्दै उनको विमानस्थलका भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका थिए ।
यस्तैमा पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझ मेट गालामा डेब्यू गर्न लागेको खबर आइरहेको छ । आफ्नो सामाजिक सञ्जालमा दलजितले यसको जानकारी दिएका हुन् ।
दोसांझले आफ्नो इन्स्टाग्राममा दुइवटा कथा पोस्ट गरेका छन् । एउटा स्टोरीमा अभिनेताले ‘पहिलो पटक’ लेखेर यसमा आवर ग्लासको इमोजी राखेका छन् । उनले मेट गाला इभेन्टको गित पनि मेन्सन गरेका छन् ।
यसले उनी पहिलो पटक न्यूयोर्कमा हुने मेट गाला कार्यक्रममा भाग लिन जान लागेको अनुमान चर्काएका थिए । अर्को स्टोरीमा उनले यो अनुमानलाई सत्यमा परिणत गरेका छन् । यसमा दिलजीत कुँदिएको एउटा कुशन पोष्ट गरेका छन् । यसले अभिनेता यस कार्यक्रममा डेब्यू गर्न तयार रहेको स्पष्ट पारेको छ ।
अरु को–को जाँदैछन् ?
अमेरिकामा आयोजना हुने मेट गालाको आगामी इभेन्टमा अन्य केही भारतीय कलाकारहरू भाग लिने भएका छन् । यसमा शाहरुख खान, कियारा आडवाणी, प्रियंका चोपडाको नाम अगाडि आइरहेको छ । किंग खान न्यूयोर्क पुगेका छन् भने कियारा आडवाणी पनि अमेरिकाको न्यूयोर्कमा छिन् ।
मेट गाला फेशन इभेन्ट अमेरिकाको न्यूयोर्क शहरमा रहेको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजना हुने तय भएको छ । इभेन्ट मंगलबार मे ५ मा हुनेछ । यसमा विश्वभरका स्टारहरूको भीड लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण