सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका दिनेशको हत्या भएकाे आशंका
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएकाे आशंका गरिएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले तातोपानी नुहाउन गएका दिनेशमाथि आक्रमण भएको हुनसक्ने बताए ।
आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले रातोपाटीलाई बताए । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ । भोटेकोशी-१ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।
मृतकको साथमा गएका १७ वर्षीय सुरेश विकका अनुसार स्थानीयले भीरबाट लडेको बताए पनि लडेको जस्तो देखिने कुनै चोट निसान नभएको र १०० मिटर माथिबाट खस्दा पनि अंगभंग नहुनु वा ठूलो चोट नलाग्नु शंकास्पद भएको बताएका छन् । एक डेढ घण्टापछि भ्युटावरबाट साथीलाई खोज्दै जाँदा घटनास्थलमा प्रहरी आइपुगिसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण