सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका दिनेशको हत्या भएकाे आशंका

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएकाे आशंका गरिएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले तातोपानी नुहाउन गएका दिनेशमाथि आक्रमण भएको हुनसक्ने बताए ।
आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले रातोपाटीलाई बताए । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ । भोटेकोशी-१ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।
मृतकको साथमा गएका १७ वर्षीय सुरेश विकका अनुसार स्थानीयले भीरबाट लडेको बताए पनि लडेको जस्तो देखिने कुनै चोट निसान नभएको र १०० मिटर माथिबाट खस्दा पनि अंगभंग नहुनु वा ठूलो चोट नलाग्नु शंकास्पद भएको बताएका छन् । एक डेढ घण्टापछि भ्युटावरबाट साथीलाई खोज्दै जाँदा घटनास्थलमा प्रहरी आइपुगिसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित