अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा श्रीलंकाको लज्जास्पद हार
गाले । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा घरेलु टोली श्रीलंकाले नमिठो हार बेहोरेको छ । टोली एक इनिङ्स र २ सय ४२ रनको विशाल अन्तरले पराजित हुन पुगेको हो ।
पहिलो इनिङ्समा श्रीलंकाको इनिङ्स १ सय ६५ रनमा समेटिएपछि टोली फलोअन गर्न बाध्य बनेको थियो । टोली पहिलो इनिङ्स सकिँदा ४ सय ८९ रनले पछि रहेको थियो ।
यसअघि अस्ट्रेलियाले ६ सय ५४ रन बनाउँदै आफ्नो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । दोस्रो इनिङ्समा पनि टोली मात्र २ सय ४७ रनमा सीमित बन्न पुग्यो ।
टोलीका लागि जेफ्रे भानडर्सेले सर्वाधिक ५३ रन बनाए । उनले ७ चौका र २ छक्का हिर्काए । एन्जेलो म्याथ्युजले ४१ रन तथा कप्तान धनञ्जय डी सिल्भाले ३९ रनको योगदान दिए ।
कुशल मेन्डिसले ३४ रन, कामिन्डु मेन्डिसले ३२ रन र दिनेश चन्डिमालले ३१ रनले बनाए । अस्ट्रेलियाका लागि नाथन लियोन र म्याथ्यु म्याथ्यु कुहनेमानले ४–४ विकेट लिए ।
मिचेल स्टार्क र टोड मर्फीले १–१ विकेट लिए । यसअघि पहिलो इनिङ्समा श्रीलंका १६५ रनमा सीमित बनेको थियो । टोलीका लागि दिनेश चण्डीमालले सर्वाधिक ७२ रनको योगदान दिए ।
उनले ९ चौका प्रहार गरे । कप्तान धनञ्जय डी सिल्भाले २२ रन तथा कुशल मेन्डिसले २१ रन जोडे । कामिन्डु मेन्डिसले १५ रन बनाउँदा अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
श्रीलंकालाई सस्तोमा समेट्न म्याथ्यु कुहनेमानले घातक बलिङ गरे । उनले १८.२ ओभरमा ६३ रन खर्चेर ५ विकेट हात पारे । नाथन लियोनले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले उसमान ख्वाजाको दोहोरो शतकको मद्दतले ६ विकेटको क्षतिमा ६ सय ५४ रन बनाएको थियो । ख्वाजाले २ सय ३२ रन बनाए । उनको करियरको पहिलो दोहोरो शतक थियो ।
त्यस्तै, कप्तान स्टिभ स्मिथले १ सय ४१ रन तथा जोश इंग्लिसले १ सय २ रन बनाए । ओपनर ट्राभिस हेडले ५७ रन तथा विकेटकिपर एलेक्स केरीले ४६ रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण