हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू को हुन् ?
एजेन्सी । इजरायल र हमास बीचको युद्धविरामको एक भागको रूपमा हमासले शनिबार आफ्नो हिरासतमा रहेका थप तीन बन्धकहरूलाई रिहा गरेको छ।
रिहा हुनेहरुमा ३४ वर्षीय यार्डेन बिबास, ५३ वर्षीय ओफर काल्डेरोन र ६५ वर्षीय किथ सिगेल रहेका छन्।
यार्देन बिबासलाई शनिबार बिहान दक्षिणी गाजा शहर खान युनिसबाट रिहा गरिएको थियो। उनका दुवै छोराहरू (पाँच वर्षीय एरियल र दुई वर्षीय काफिर) लाई पनि ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। उनकी श्रीमती र दुई छोराहरू अझै पनि हमासको हिरासतमा छन्।
यसैगरी ओफर काल्डेरोन फ्रान्सेली मूलका इजरायली नागरिक हुन् । उनलाई दक्षिणी शहर खान युनिसबाट हमासले रिहा गरेको हो।
ओफर र उनका दुई छोराछोरीलाई पनि लडाकुहरूले बन्धक बनाएका थिए। नोभेम्बर २०२३ मा भएको अस्थायी युद्धविरामपछि उनका दुवै छोराछोरीलाई हमासले मुक्त गरिसकेको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उनको रिहाइको स्वागत गरेका छन्। यसैगरी किथ सिगेल अमेरिकी मूलका इजरायली नागरिक हुन् ।
उनी र उनकी श्रीमती एड्रिएनलाई हमासका लडाकुहरूले काफर अज्जास्थित उनीहरूको घरबाट बन्धक बनाएका थिए। नोभेम्बर २०२३ को युद्धविराम सम्झौता अन्तर्गत एड्रियनलाई रिहा गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण