रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन

नयाँ दिल्ली । बलिउड अभिनेता जयदीप अहलावत आजभोलि निकै चर्चामा छन् । उनको ‘पाताल लोक’ सिरिजको नयाँ सिजनले ‘धूम’ मच्चाइरहेको छ । केही दर्शकहरूले त उनको यो सिरिजलाई अहिलेसम्मकै सबैभन्दा राम्रो सिरिज भनिरहेका छन् ।
पाताल लोक अघि जयदीपले कयौँ सिरिज र फिल्ममा काम गरेका छन् । रणवीर कपूरको एनिमलमा यिनले बबी देओलले खेलेको पात्रको भाइको भूमिका निर्वाह गरेका थिए ।
हालै एउटा अन्तरवार्तामा अभिनेतालाई ‘के तपाईँ रोमान्टिक फिल्म खेल्न चाहनु हुन्छ ?’ भनेर सोधिएको थियो । यस प्रश्नको जवाफमा उनले खेल्न त चाहन्छु तर कुनै फिल्म मेकरले आफूलाई यस्तो भूमिकामा खेलाउन नचाहेको बताएका थिए ।
‘मलाई कसैले पनि लिने छैनन् । म त खेल्छु । हुन सक्छ म गलत पनि हुँला । तर पहिला अर्को व्यक्तिले विश्वास गर्नु पर्नेछ ।’ जयदीपले भनेका थिए । आफ्नो काम ग्लोबल अडियन्सले हेरुन भन्ने चाहने जयदीपले हलिउडमा जाने इच्छा पनि व्यक्त गरेका थिए । जहाँ काम गरे पनि राम्रो काम चाहिएको अनि आफूलाई अरू मान्छेहरूमाझ पुग्नु भएको पनि उनले बताए ।
फ्यामिली म्यानको सिजन ३ मा इन्ट्री ?
पाताल लोकपछि जयदीप मनोज बाजपेयीको हिट वेब सिरिज फ्यामिली म्यानको तेस्रो सिजनमा देखिन सक्ने बताइएको छ ।
सिरिजमा जयदीप र मनोजले खेलेको पात्र एकअर्काको आमने सामने हुने बताइएको छ । तर अहिलेसम्म यो कुराको पुष्टि भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन
-
सरकार, किसानको हात समाउने कि दलालको ?
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन