भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
नयाँ दिल्ली । अमेरिकाले देश निकाला गरेका १०४ जना अवैध भारतीय आप्रवासी बोकेको विमान भारतको अमृतसरमा अवतरण भएको छ । बुधबार दिउँसो अमृतसरको श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको विमान अवतरण गरेको हो । विमान दिउँसो १ः५५ बजे अवतरण भएको बताइएको छ ।
आप्रवासीमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३/३३, महाराष्ट्र र उत्तर प्रदेशका तीन/तीन र चण्डीगढका दुई जना भएको बताइएको छ । निर्वासितहरूको संख्या अझै आधिकारिक रूपमा पुष्टि हुन नसकेको भन्दै अमर उजालाले आफ्नो समाचारमा भनेको छ । यसअघि आएका खबरहरूमा अमेरिकी सैन्य विमान सी–१७ मा २०५ अवैध भारतीय आप्रवासी सवार रहेको दाबी गरिएको थियो ।
अमेरिकी सरकारले देश निकाला गरेको अवैध भारतीय आप्रवासी यो पहिलो समूह थियो । पछिल्ला दुई हप्तामा, भारत बाहेक पनि अन्य धेरै देशका अवैध आप्रवासीहरूलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले पनि नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्तालाई उद्धृत गर्दै सी–१७ सैन्य विमानबाट आप्रवासीहरूलाई भारत फिर्ता पठाउन लागिएको समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण