फागुन ७ गतेदेखि ‘भद्रपुर झापा गोल्डकप’
बिहीबार, २४ माघ २०८१, १० : ५८
झापा । मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने भएको छ । फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद रु १३ लाख र उपविजेतालाई रु सात लाख प्रदान गरिने भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए ।
प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित पाँच वटा ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र बङ्गलादेशका क्लब सहभागी हुने उनले जानकारी दिए । रङ्गशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिट मर्मत तथा रङरोगन कार्य धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण