काठमाडौँमा सुन र मोबाइल चोरी
बिहीबार, २४ माघ २०८१, १३ : १८

काठमाडौँ । काठमाडौँ काठमाडौँ महानगरपालिका-२६ मा बुधबार दिउँसो चोरी भएको छ । कपुरधारा चोक डेरा गरी बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-२ घर भएकी सुशीला केसीको कोठामा चोरी भएको हो ।
चोरले २ तोला तौलको सुनको सिक्री १ थान र मोबाइल २ थान चोरेर लगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।