सेयर बजार
११.६४ अंक घट्दै नेप्से २७०० बिन्दुमा
बिहीबार, २४ माघ २०८१, १५ : १०
काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो ।
आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । फाइनान्स उपसमूह भने १.५८ प्रतिशतले बढ्यो । यस उपसमूहका रहेकामध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कुल १६० कम्पनीको मूल्य घट्यो । ७४ कम्पनीको बढ्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । बिहीबार माथिल्लो लोहोरे खोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी उपकार लघुवित्त र कर्पोरेट डेभलप्मेन्ट बैंकको मूल्यमा १० प्रतिशतको गिरावट आयो ।
बिहीबार समग्रमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार चाहिँ ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण