यस्तो थियो विक्की कट्रिनाको पहिलो भेट
नयाँ दिल्ली । आफ्नो प्रेम कथालाई विक्की कौशल र क्याट्रिना कैफले ‘प्राइभेट’ राखेका छन् । उनीहरूको पहिलो भेट जोया अख्तरको घरमा भएको सुन्नमा आएको थियो ।
हालै विक्की कौशलले आफू र कट्रिनाको पहिलो भेटको कथा बताएका थिए । फिल्म छवाको प्रमोशनको क्रममा एक अन्तरवार्तामा विक्कीले पत्नी कट्रिनासँगको पहिलो भेटको बारेमा बोलेका थिए ।
‘म कार्यक्रम होस्ट गरिरहेको थिएँ र मलाई लाग्छ कि त्यो पहिलो पटक थियो जब म उनलाई भेटेँ अनि हामीबिच कुरा भयो । स्टेजमा, कानमा एउटा इयरपिस हुन्छ । मानिसहरू पछाडिबाट गाइड गरिरहेका हुन्छन्, यो गर, त्यो गर । सबै कुरा स्क्रिप्टेड हुन्छ । तर स्टेजको पछाडि एक अर्कालाई औपचारिक परिचय दिएको यो पहिलो पटक थियो,’ विक्कीले पिंकभिलासँगको कुराकानीमा भने ।
अन्तरवार्तामा विक्कीलाई कट्रिनालाई भेट्दा उनी नर्भस थिए कि भनेर सोधिएको थियो । यसको उत्तरमा उनले भनेका थिए,‘होइन, म किन डराउँला ? उनी निकै राम्री थिइन् । मलाई उनी चिन्थिन् कि चिन्दिनन् थिई मलाई थाहा थिएन, तर उनी साँच्चै राम्री थिइन् ।’
पहिलो पटक भएको थियो क्यामरा अगाडि कुराकानी
आफूहरूबिच पहिलो पटक क्यामेराको अगाडि कुरा गरेको विक्कीले बताए । ‘कट्रिनालाई भेटेपछि सुरुका केही समयसम्म त केही पनि योजना थिएन । सुरुमा त हामीले भेट्ने वा कुराकानी गर्ने योजना पनि बनाउँदैन थियौँ । पहिलो पटक हामीले एकअर्कासँग कुरा गरेको एउटा अन्तरवार्तामा थियो । जहाँ, जताततै क्यामेराहरू थिए । मलाई लाग्छ, केही कुरा हुनकै लागि मात्र हुन्छन् । कहिलेकाहीँ तपाईंलाई महसुस हुन्छ कि कति धेरै कठिनाइहरू भएपनि केही कुरा भई छाड्छन् । एउटा बिन्दुपछि हामीले यसबारे प्रश्न गर्न र विश्लेषण गर्न छोड्यौँ अनि एकअर्काप्रति कमिट्ड भयौँ,’ विक्कीले भने ।
लामो समयसम्म एकअर्कालाई डेट गरेपछि विक्की कौशल र कट्रिना कैफले २०२१ को डिसेम्बर ९ मा बिहे गरेका थिए । दुवै राजस्थानको माधोपुरको फोर्ट बरवाडामा बिहे बन्धनमा बाँधिएका थिए । सांस्कृतिक भिन्नताका भएपनि क्याट्रिनाले पन्जाबी खाना र परम्परा अपनाउने प्रयास गर्ने गरेको विक्कीले धेरै अन्तरवार्तामा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण