चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । केही समयअघि काठमाडौँ महानगरपालिकाले सहर सुन्दर बनाउन धेरै ठाउँका रूख र पोलहरूमा झिलिमिली बत्ती लगाएको थियो । २०८० असोजमा महानगरले नयाँ बानेश्वरको ‘बिजुली बजार आर्क ब्रिज’मा झिलिमिली बत्ती बेरेपछि वडाहरूले महानगरको सिको गर्दै सडक किनारमा रहेका पोल, ओभरहेड ब्रिज जताततै झिलिमिली बत्ती राख्न थाले ।

चरा चुरुंगी कीराफट्यांग्रा, जुनकिरी लगायतका साना जीव रातको समयमा सक्रिय हुन्छन् । त्यस्तो बेला कृत्रिम र चहकिलो बत्तीले उनीहरूलाई बाधा पुर्याएको पन्छी विज्ञ बताउँछन् । चर्को आलोचना पछि महानगरले लहरे बत्तीको प्रभावबारे अध्ययन गर्न उपमेयर सुनिता डंगोलको अध्यक्षमा वैशाख २४ मा अनुगमन समिति बनायो । समितिको निर्णयमा सुनिता डंगोलले भनेकी थिइन्, ‘सर्वसाधारणले अनुभूति गरेको समस्या र विषय विज्ञसहितको टोलीले गरेको अध्ययनको सिफारिस एउटै छ । यसकारण यस्ता बत्तीहरूको व्यवस्थापन आवश्यक छ । यसलाई क्षेत्र, स्थान र समय वर्गीकरण गरेर नियमन गर्न मार्गनिर्देशन जारी गर्नेछौँ ।’

त्यही प्रतिवेदनको आधारमा महानगरले मंसिर २३ गते महानगरका मेयर बालेन्द्र (बालेन) साहको अध्यक्षतामा बसेको महानगरको ३७औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गर्दै झिलिमिली देखाउने नाममा रुख–बिरुवामा बालिने बत्तीमा रोक लगाएको थियो । निर्णय गरेको २ महिना बितिसक्दा पनि सहरमा जडान भइसकेका बत्तीहरू भने जस्ताको त्यस्तै देखिन्छन् । झिलिमिलीका नाममा रुखदेखि पार्कसम्म बत्ती बाल्न महानगरले प्रतिबन्ध लगाए पनि जडान भइसकेका बत्तीहरू भने उस्तै अवस्थामा छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण