शङ्कर पोखरेल भन्छन्– राजनीतिक स्थायित्वका लागि पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्छ
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने बताएका छन् । राजधानीमा आइतबार भएको विचार गोष्ठीमा बोल्दै उनले त्यसका लागि संविधान संशोधन भएन कानुन संशोधन गर्न आवश्यक नभएको तर्क गरे ।
‘स्थायित्वको आधार खोज्ने कुरामा निर्वाचन प्रणालीमा पनि सुधार गर्न सकिन्छ । कानुनमा सुधार गरेर पनि स्थायित्व गर्न सकिन्छ । संविधानमा संशोधन गरी स्थायित्वको आधार खोज्दा कानुन संशोधन गर्नै पर्दैन । त्यसका लागि ५ प्रतिशत थ्रेसहोल्ड राख्ने कुराले स्थायित्वका लागि सहज गर्छ भन्ने हाम्रो मान्यता हो । दलहरूको ह्विप सम्बन्धमा अहिले जस्तो व्याख्या गरेको त्यसमा सुधार गर्न आवश्यक छ’, उनले भने ।
कानुन निर्माण परस्पर विरोधी धारको संशोधन आएकाले वर्षौँसम्म विधेयक संसदमा अड्किएको पोखरेलले दाबी गरे । पछिल्लो समय दुई ठुला दल (कांग्रेस–एमाले) ले प्रक्रिया अगाडि बढाएको उनले प्रस्ट पारे । पोखरेलले अन्य दलसँग पनि छलफल गर्ने प्रक्रिया सुरु भएको जिकिर गरे ।
जनतामा उत्पन्न भएको निराशालाई अन्त्य गर्न संविधान संशोधनको विकल्प नभएको उनले बताए । सङ्घीय गणतान्त्रिक भविष्यमाथि नै प्रश्न उठेका बेला सरकारले ल्याएको अध्यादेशले सहयोग पुर्याउने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
-
तीन सय ५० सेवाग्राहीको घरमै राहदानी
-
किसानको पहुँचमा डिजिटल सेवा विस्तार गरिने
-
प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत
-
आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्दै सरकार
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण