फेरि अर्को विद्रोह आवश्यक रहेको महसुस गरेको छु : प्रचण्ड
काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि अर्को विद्रोह आवश्यक भएको आफूले महसुस गरेको बताएका छन् । संविधान निगरानी समूहले आइतबार काठमाडौँमा गरेको विचार गोष्ठीमा बोल्दै उनले विद्रोहको आवश्यकता रहेको बताएका हुन् ।
‘देशले फेरि अर्को विद्रोह आवश्यक भएको मैले नै महसुस गरेको छु । अहिले म विद्रोहमा पुगेँ भन्ने निष्कर्षमा पुगेको होइन । तर प्रदेशलाई अधिकार नदिने । उत्पीडित समुदायलाई अधिकार नदिने हो भने संविधान संशोधनको जामा लगाएर निकास आउँदैन । संविधान संशोधन गर्न उहाँ (कांग्रेस–एमाले) सँग योजना पनि छैन । यदि राजनीतिक स्थायित्व र शान्ति प्रक्रिया टुङ्गोमा पुग्नका लागि ठुला दलहरू मिल्नुको कुनै विकल्प छैन । नभए जनता चरम निराशामा छन् । विद्रोहको स्थिति धेरै टाढा छैन’, उनले भने ।
यस्तै वर्तमान केपी ओली नेतृत्वको गठबन्धन सरकार संविधानसंवत नबनेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण