‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मेक्सिकोको खाडीको नाम परिवर्तन गरी अमेरिकी खाडी राख्ने आदेशमा हस्ताक्षर गरेका छन् । आफ्नो आधिकारिक विमान एयर फोर्स वानमा अमेरिकाको खाडीमाथि उडिरहेको समयमा उनले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।
त्यतिबेला ट्रम्प न्यू अर्लिन्समा हुन लागेको सुपर बाउलमा भाग लिन जाँदै थिए । ट्रम्पले हालै मेक्सिकोको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्ने घोषणा गरेका थिए । अब उनले आधिकारिक रूपमा त्यो आदेशमा हस्ताक्षर गरेका छन् ।
किन फेरे नाम ?
विगत ४०० वर्षदेखि मेक्सिकोको खाडी यही नामले चिनिँदै आएको छ । अमेरिकी सहर न्यु मेक्सिकोको कारणले यसलाई मेक्सिकोको खाडी भनिएको हो । खाडीको नाम परिवर्तनको घोषणा गर्दा ट्रम्पले खाडीको नाम अमेरिकाको नाममा राख्नुपर्ने बताएका थिए । खाडीमा अधिकांश नियन्त्रण अमेरिकाको भएकोले यसको नाम अमेरिका खाडी राखिनु पर्ने ट्रम्पको तर्क छ । यसमा मेक्सिको र क्युबाको पनि हिस्सा छ । यो खाडी अमेरिकाको आर्थिक गतिविधिहरूको केन्द्र हो । यहाँ माछा मार्ने, विद्युत् उत्पादन र व्यापार आदि प्रमुख गतिविधिहरू हुन्छन् । अमेरिकी क्षेत्र भएकोले यसको नाम पनि अमेरिकाबाटै राखिनु पर्ने ट्रम्पको भनाइ थियो ।
मेक्सिको विरुद्ध कडा अडान
ट्रम्पले मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राखेका पनि विश्वका अन्य देशहरू यो आदेश मान्न बाध्य छैनन् । ट्रम्पको यो कदमलाई मेक्सिको विरुद्धको कारबाहीको एक हिस्सा मानिएको छ । ट्रम्पले मेक्सिकोमाथि अमेरिकामा लागू औषध तस्करी र अवैध आप्रवासनलाई बढवा दिएको आरोप लगाउँदै आएका छन् । ट्रम्पले हालै मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा कर लगाउने आदेश दिएका थिए । तर पछि यो आदेशलाई एक महिनाका लागि स्थगित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन
-
सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक