चीनमा बिहे गर्नेको संख्या घट्यो

बेइजिङ । चीनमा बिहे गर्नेको संख्या घटेर कीर्तिमानी स्तरमा पुगेको छ । सरकारले युवायुवतीहरूलाई बिहे गरेर घर बसाउन अनि सन्तान जन्माउन प्रेरित गर्न अनेकौं उपायहरू अपनाइरहेको भएपनि न बिहे दर बढिरहेको छ न त जन्मदर नै । फलतः चीनको जनसंख्या घट्दो क्रममा छ ।
२०२४ मा चीनभरमा ६१ लाख जोडीले आफ्नो बिहे दर्ता गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २० दशमलव ५ प्रतिशत कम भएको शनिबार चीनको नागरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको डेटाले देखाएको हो ।
यो भनेको सन् १९८६ मा मन्त्रालयले यस्तो खालको तथ्यांक सार्वजनिक गर्न थालेयताकै सबैभन्दा कम हो । कार्यबल खुम्चिँदै गइरहेको अनि वृद्ध जनसंख्या तीव्र दरमा बढिरहेको स्थितिमा बिहे र जन्ममा आइरहेको कमी बेइजिङको लागि टाउको दुखाइको विषय बनेको छ ।
सन् २०१३ मा कीर्तिमानी उच्च स्तरमा छोएयता चीनमा बिहे गर्नेको संख्या घटिरहेको छ । कोभिड नियन्त्रण गर्न लगाइएको उपायहरू हटाएपछि २०२३ मा भने यसमा केही वृद्धि देखिएको थियो । उक्त वर्ष बिहे गर्ने जोडीको संख्या २०१३ को कीर्तिमानी उचाइभन्दा आधा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो