विवाहमा झगडा हुँदा किशोरको हत्या

बाँके । बाँकेमा विवाह समारोहमा झगडा हुँदा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-२ बस्ने ३० वर्षीया मनिषा राना, सोही ठाउँ बस्ने ३४ वर्षीय राम बहादुर राना, सोही गाउँपालिकाको वडा नम्बर ६ बस्ने १८ वर्षीय भिजन नेपाली, जाजरकोट शिवालय गाउँपालिका-७ बस्ने २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका-६ बस्ने २७ वर्षीया अमृता डाँगी र बाँके बैजनाथ गाउँपालिका-८ बस्ने १८ वर्षीय सुजन बुढा छन् ।
गत माघ २५ गते राति करिब साढे ९ बजेको समयमा बैजनाथ गाउँपालिका-८ बिच लाइन बस्ने सुवास बुढाको विवाहमा झगडा भएको थियो । झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा सोही ठाउँका १८ वर्षीय दिनेश रोकाया सख्त घाइते भएका थिए । घाइते रोकायालाई उपचारको लागि भारतको लखनउमा लगिएकोमा उनको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।
घटनामा संलग्न रहेका छ जनालाई नियन्त्रणमा लिई बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको छ । यस घटनामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
-
स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए
-
गाजामा राहत कुरेर बसिरहेका कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै