राजनीति
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि
बिहीबार, ०१ फागुन २०८१, ०७ : ३९
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ कार्यसमिति चयनका लागि जारी मतगणनामा अध्यक्षका उम्मेदवार डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि रहेका छन् ।
दिउँसो ३ बजेसम्म चार सय मत गणना हुँदा भट्टराईले ३७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्रप्रसाद चापाईंले जम्मा २३ मत पाएका छन् । नयाँ नेतृत्वका लागि २९ गते मतदान भएको थियो ।
अहिलेसम्म केन्द्रीय सदस्यहरूको मतगणना सम्पन्न भएको छ । पदाधिकारीको मतगणना एक करिब घण्टामा सकिने निर्वाचन समितिले जनाएको छ ।
करिब ८ सय मत खसेको अनुमान गरिएको छ । पदाधिकारी सबैको मतगणना सम्पन्न भएपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भएको समितिले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण