हाम्रो तयारी राम्रो छ, राम्रो खेल देखाउँछौँ : कप्तान तुम्बापो
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ । काठमाडौँको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ ।
प्रतियोगिता खेल्नका लागि सहभागी देशका टोलीहरू नेपाल आइसकेका छन् भने उनीहरू आन्तरिक प्रशिक्षणमा व्यस्त रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्नेछ ।

प्रतियोगीताका लागि तयारी राम्रो रहेको सबै टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन् । प्रतियोगिताअघि आइतबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेल खेल्न सबै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए । नेपाली टोलीको प्रशिक्षण राम्रो रहेको र नजिता आफ्नो पक्षमा पार्ने उनले विश्वास व्यक्त गरे । यस्ता खेलहरू हरेक वर्ष हुन सके महिला फुटबल राम्रो हुने उनको भनाइ छ ।
त्यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालका लागि ठुलो अवसर भएको बताइन् । खेलका लागि तयारी राम्रो रहेको र मनोबल उच्च रहेको भन्दै उनले राम्रो खेल देखाउने बताइन् ।
नेपालमा पहिलो पटक चार राष्ट्र सम्मीलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको एन्फाले जनाएको छ । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबिच फाइनल खेल हुने बताइएको छ ।
प्रतियोगिताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण