‘द्रौपदी’को गीतमा टिकटक प्रतियोगिता
काठमाडौँ । ऋषिराज आचार्यको लेखन, निर्माण, निर्देशन रहेको फिल्म ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ । फिल्मको रवि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ । केही दिन अगाडि सार्वजनिक यो गीतमा निर्माण युनिटले प्रतियोगिता ल्याएको हो ।
प्रतियोगिता अनुसार यो गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५०००, दोश्रो स्थान हासिल गर्नेलाई रु १०,००० र तेस्रो हुनेलाई रु ५००० नगद पुरस्कार समेत प्रदान गर्नेछ ।
यी बाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’को प्रीमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दियो । टिकटक बनाएर ‘द्रौपदी’ चैत ८ लेखि पोस्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी फिल्मको पेज द्रौपदी नेपाली चलचित्र तथा मिडियामा प्रकाशित गरिनेछ । टिकटक सबै उमेरका दर्शकले बनाउन सक्ने बताइएको छ ।
फिल्ममा ऋषिराज आचार्य,आश्विनी शाही,रवि ओड,सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायतका कलाकार मुख्य भूमिका छ । फिल्म पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सोन्डोलगागतका बिकट स्थानहरुमा छायाङ्कन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण