१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले संगठनका १ सय २० जनालाई विभागीय कारबाही गरेको छ । सामाजिक सञ्जालमा संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेको पाइएपछि कारबाही गरिएको प्रवक्ता कुमार न्यौपाने जानकारी दिए ।
उनीहरुले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहयाक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको उनले बताए ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन समेत दिएको छ ।
फागुन ४ गते मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना, र जवान २१ जना रहेको प्रवक्ता न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल