‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?
काठमाडौँ । चलचित्र ‘के घर के डेरा : घर नं २’ले शुक्रबार राम्रो दर्शक पाउन सफल भएको छ । आजैबाट रिलिजमा आएको फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्देशक दिपेन्द्र के खनालले बताए ।
’बिहानभन्दा बेलुकाका शोमा दर्शकको सङ्ख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ,निर्देशक दीपेन्द्र के खनालले भने, ’वर्ड अफ माउथ बलियो हुँदै गएको छ । हेर्नेजति दर्शकले राम्रो भनेका छन् ।झ कसरी जिन्दगी जिउने भन्ने कथा फिल्मको दर्शकले रुचाएको रहेको निर्देशक खनालको भनाई छ ।
निर्देशक खनालका अनुसार शुक्रबार बिहान भन्दा दिनको र साँझका शोहरूमा दर्शक धेरै देखिएका छन् । भोलीका लागि टिकट बुकिङ राम्रो देखिएकोले व्यवसाय झन् धेरै हुने देखिएको छ ।
'हाम्रो कर्तव्य दर्शकलाई राम्रो फिल्म दिने हो, दियौँ,झ उनले भने, ’अब हामीलाई दर्शकको साथ चाहिएको छ । हेरेर जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।'
मल्टी स्टार रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायाङ्कन रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की र निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण