च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले कीर्तिमानी जित हासिल गरेको छ । शनिबार भएको समूह बी अन्तर्गतको खेलमा इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
इंग्ल्याण्डले दिएको ३५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७।३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । योसँगै अस्ट्रेलियाले आईसीसी प्रतियोगिताकै इतिहासमा सबैभन्दा धेरै रनको टार्गेट सफल रूपमा चेन्ज गरेर कीर्तिमान पनि बनायो ।
जोश इङ्लिसले अविजित शतकीय पारी खेले । उनी ८६ बलमा ८ चौका र ६ छक्कासहित १२० रनमा अविजित रहे । त्यस्तै एलेक्स क्यारीले ६९ तथा म्याथ्यु शर्टले ६३ रन बनाए । ग्लेन म्याक्सवेल ३२ रनमा अविजित रहे ।
इंग्ल्याण्डका मार्क वूड, जोफ्रा आर्चर, ब्रायडन कार्स, आदिल राशिद र लियाम लिभिङस्टोनले १(१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो । बेन डकेटले १६५ रनको शानदार पारी खेलेका थिए । जो रुटले ६८ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण