च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले कीर्तिमानी जित हासिल गरेको छ । शनिबार भएको समूह बी अन्तर्गतको खेलमा इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
इंग्ल्याण्डले दिएको ३५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७।३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । योसँगै अस्ट्रेलियाले आईसीसी प्रतियोगिताकै इतिहासमा सबैभन्दा धेरै रनको टार्गेट सफल रूपमा चेन्ज गरेर कीर्तिमान पनि बनायो ।
जोश इङ्लिसले अविजित शतकीय पारी खेले । उनी ८६ बलमा ८ चौका र ६ छक्कासहित १२० रनमा अविजित रहे । त्यस्तै एलेक्स क्यारीले ६९ तथा म्याथ्यु शर्टले ६३ रन बनाए । ग्लेन म्याक्सवेल ३२ रनमा अविजित रहे ।
इंग्ल्याण्डका मार्क वूड, जोफ्रा आर्चर, ब्रायडन कार्स, आदिल राशिद र लियाम लिभिङस्टोनले १(१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो । बेन डकेटले १६५ रनको शानदार पारी खेलेका थिए । जो रुटले ६८ रन बनाए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित
-
प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ: विश्वप्रकाश
-
राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी
-
जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे
-
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित