पुनर्बीमा कम्पनीको उछालले बढ्यो सेयर बजार, कारोबार साढे ११ अर्ब
काठमाडौँ । पुनर्बीमा कम्पनीको सेयरमूल्यका कारण सेयर बजार परिसूचक बढेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से ११.६६ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७५५.४० अंकमा पुगेको छ ।
परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । सोमबार पनि कारोबार ८ अर्ब ४५ करोडको मात्रै कारोबार भएको थियो ।
बजारमा आज १४८ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको मूल्य बढ्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार परिसूचक भने बढेको देखिएको छ । घटेको कम्पनी कुल सङ्ख्याको करिब ६१ प्रतिशत हो । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार बढेको छ ।
आज गार्डियन माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा रिलायन्स फाइनान्सको मूल्य सर्वाधिक घटेको छ ।
बजारमा आज कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्या तीनवटाकै आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि देखिएको छ ।
बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको मूल्य ७.०५ प्रतिशत तथा हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य ५.४१ प्रतिशतले बढेको छ । योसँगै हिमालयन रिइन्स्योरेन्सको ४ अर्ब ९९ करोड र नेपाल रिइन्स्योरेन्सको १० अर्ब १८ करोडले सम्पत्तिको मूल्य बढेको छ ।
करिब १९ अर्बले बढेको बजारको पुँजीकरणमा करिब ८० प्रतिशत योगदान दुई कम्पनीले मात्रै गरेको देखिन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण