होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
काठमाडौँ । होरा इस्पोर्ट्सले इशान दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ । शनिबार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको हो ।
च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टीटूके एक अंकले पछि पर्यो । टीटूके ले १२१ अंक जोडेको थियो । यस्तै दाइ इस्पोर्ट्स तेस्रो, होइन इस्पोर्ट्स चौथो र डीआरएस गेमिङ पाँचौँ भयो ।
कूल प्राइज राशि २५ लाख रहेको प्रतियोगितामा पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार राखिएको थियो । जसमा विजेता होरा इस्पोर्ट्सले नगद २ लाख ५० हजार र ट्रफी प्राप्त गर्यो । दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई इस्पोर्ट्सले १ लाख २० हजार पायो ।
यस्तै रोयल ड्रागन इस्पोर्ट छैटौँ, जुट्टी इस्पोर्ट्स सातौँ, फोर डेथ मेसिन आठौँ, नेप्क्स नवौँ र सोल्टी स्क्वाड दशौँ भए । अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए । होरा इस्पोर्ट्सका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
यस्तै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो । फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुमिङ बर्डलाई पराजित गर्दै औरा च्याम्पियन बनेको हो ।
मोबाइल लेजेण्ड्सको विजेता औराले १ लाख ८२ हजार र ट्रफी प्राप्त गर्यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार पायो । ला फिएर्टे तेस्रो, ट्रस्ट दी प्रोसेस चौथो, एलिसिउम पाँचौँ, हार्बिनगर्स छैटौँ, आरएसजी कोज्जा इस्पोर्ट्स सातौँ र डाँफे इस्पोर्ट आठौँ भयो । यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे । एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले नगद १ लाख ५ हजार र ट्रफी प्राप्त गर्यो । डोटा टु मा स्नेक दोस्रो र एभेन्जर्स तेस्रो भयो । डोटा टु मा तेनजिकु ग्याङ चौथो, वन लास्ट राइड पाँचौँ, केइकेडब्लु छैटौँ, ढेडुस सातौँ र राजेस हमाल इज ब्याक आठौँ भयो ।
भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्यो । भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे । भालोरेन्टमा कृउ एक्स चौथो, ओल्ड जिन्स पाँचौँ, ब्रिटिस कलेज छैटौँ, कपिलवस्तु सातौँ र बत्ती बल्यो आठौँ भयो ।
डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । इफुटबलको उपाधि हृजवान श्रेष्ठले जिते । उनले नगद ९० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धि बहादुर भट्टराई तेस्रो तथा सन्दिप गोले तामाङ चौथो भए । कस प्लेमा रिमा बिशान्की पहिलो भइन् भने गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र इशान श्रेष्ठ पाँचौँ भए ।
इ स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा फागुन ८ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ स्पोर्ट्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो । अन्तिम चरणमा पब्जीमा १६ टिम, ई–फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३–३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाएका थिए । विजेतालाई पूर्व मन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, इशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण