अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
नयाँ दिल्ली । अमेरिकाबाट पनामा पठाइएका १२ भारतीय नागरिक बोकेको विमान आइतबार साँझ नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । यो पनामाबाट फिर्ता ल्याइएको भारतीयहरूको पहिलो समूह हो ।
यसअघि अमेरिकाले अवैध रूपमा अमेरिका प्रवेश गर्न खोजिरहेका करिब ३३२ जना अवैध आप्रवासीलाई तीन किस्तामा गरेर भारत ल्याएर छोडेको थियो ।
जानकारी अनुसार, हालै पनामाबाट भारतीय नागरिकहरूको एक समूह टर्किस एयरलाइन्सको उडानमा इस्तानबुल हुँदै नयाँ दिल्ली पुगेको हो । निर्वासित व्यक्तिहरूमध्ये चार जना पञ्जाबका, तीन जना हरियाणा र उत्तर प्रदेशका छन् । हाल एक जनाको पहिचान हुन सकेको छैन । पञ्जाबका विभिन्न जिल्लाका चार जना बासिन्दालाई विमानबाट अमृतसर पठाइएको छ । पनामा र कोस्टारिकाले निर्वासित आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्न मद्दत गर्न अमेरिकासँग काम गरिरहेका छन् ।
तीनवटा विमानमा २९९ जनालाई अमेरिकाले पठाएको थियो पनामामा
हालै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनामा पुगेका थिए । यस भ्रमणका क्रममा उनले पनामाका राष्ट्रपतिलाई भेटेका थिए । यस भेटमा दुवै जनाले पानामाले डिपोर्ट भएकाहरूका लागि सेतुको रूपमा काम गर्ने र निर्वासितहरूलाई उनीहरूको देशमा पठाउने सम्पूर्ण लागत अमेरिकाले वहन गर्ने सहमति भएको थियो ।
यसपछि, गत हप्ता तीनवटा विमानमा लगभग २९९ जनालाई पानामा पठाइएको थियो । यसरी पठाइनेमा अधिकांश भारत, नेपाल लगायत दक्षिण एशियाली देशका बढी भएको भन्दै साउथ मर्निङ चाइना पोष्टले एउटा समाचारमा भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण