आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही
काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा बाटो काट्नका लागि कतिपय ठाउँमा पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ ।
अझ केही समय यता उपत्यकाका केही ठाउँहरूमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधि जडान गरिएको छ । सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै यो प्रविधि भित्र्याइएको हो ।
तर जनचेतनाको अभाव र हेलचेक्र्याइँका कारण मानिसहरु आकाशे पुल, जेब्रा क्रसिङ भन्दा बाहिरबाटै बाटो काट्ने गरेका छन् । यसले जनधनको क्षति दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ ।
पैदल यात्रुहरूको हेलचेक्र्याइँ यतिसम्म हुन्छ की नजिकै पुल छ भनेपनि पुलबाट नभई तलैबाट बाटो काट्ने गर्दछन् । यसले सडक दुर्घटना बढाइरहेको छ । ख्यालख्याल गर्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दा यी दुर्घटनाहरु बढ्दै गइरहेका छन् ।
साथै कतिपयलाई जनचेतनाको अभाव पनि छ । उनीहरुलाई चेतना बिस्तार गर्ने अभियान सञ्चालन गर्न जरुरी पनि छ ।
_izY3WI0H9x.jpg)
_KjOrIIM1QI.jpg)
_2IuBO4HQMf.jpg)
_vkMEOPTb2o.jpg)
_VC8V3tTAgm.jpg)
_R89VRrW8jK.jpg)
_uabM2XcHQX.jpg)
_cTW7tSmw5u.jpg)
_AQ52ZfDHbj.jpg)
_e5rOOcbnop.jpg)
_bLwqr08xcK.jpg)
_c6U4pxcbR5.jpg)
_z9bQkaje7d.jpg)
_rc07paLeoT.jpg)
_LlqCgF9uPZ.jpg)
_31qjCXIzuw.jpg)
_30iT4P6vz5.jpg)
_b3H2GuiLT0.jpg)
फोटो : न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण