प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सो विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावमाथि सभामुख सिर्जना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका निम्ति विषयगत समितिमा पठाइएको छ । दफावार छलफलका लागि दुई वटा संशोधन प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएपछि खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइयोस् भनी प्रस्ताव गरेपछि सभामुख दनुवारले पेस गरेको निर्णायार्थ सर्वसम्मतिले पारित गरेको हो ।
कोशी प्रदेशसभाका सदस्य डोल्मा तामाङ, इस्राईल मन्सुरी, खिनु लङवा लिम्बू, किशोचन्द्र दुलाल, निरन राई, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, कमला दर्नालले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको अर्को बैठक फागुन १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण