अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
बुधबार, १४ फागुन २०८१, १९ : ५९
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भए पनि दुवै टोली गोल गर्नबाट चुकेको थियो । नेपालले गोलका लागि राम्रो अवसर गुमाएको थियो ।
दोस्रो हाफको ६१ औँ मिनेटमा म्यानमारले खेलमा अग्रता लियो । यू पर खियाङले टोलीका लागि पहिलो गोल गरिन् । दुई मिनेटपछि म्यानमारले अर्को गोल थप्यो । विन थिङयी टुनकौ प्रहार नेपाली खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो ।
त्यसपछि कुनै गोल हुन सकेन र म्यानम्यारले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यसअघि समूह चरणको खेलमा पनि दुई टोली भिडेका थिए । सो खेल २–२ को बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण