त्रिभुवन आर्मी क्लब केपी ओली कपको फाइनलमा
शुक्रबार, १६ फागुन २०८१, १९ : १८
काठमाडौँ । त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा संकटा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुने छ ।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण