माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
शनिबार, १७ फागुन २०८१, ०६ : २८
सिराहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ सिराहा आइपुगेका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिराहा आएका हुन् ।
आज बिहान उनले नवराजपुर १ की स्वर्गीय रिङ्कु सदायको परिवारसँग भेटघाट गर्ने कार्यतालिका छन । सदायको सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु भएको थियो ।
त्यसैगरी बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहैया, औरही, गणेशपुर, कृष्णपुर चोकमा भेटघाटपश्चात् अपराह्न सिराहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ ।
जनसभा पश्चात् बसविट्टा चोक हुँदै धनुषाको लागि सो समूह अघि बढ्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
-
‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ : चीनले नेपालको सन्दर्भमा दिन खोजेको सन्देश के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण