छिमेकविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र स्वार्थ आधारित हुँदो रहेछ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने पाठ अमेरिका र युक्रेनबिच भएको प्रत्यक्ष वार्ताले सिकाएको बताएका छन् । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठुला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दो रहेछ भन्ने पोखरेलको भनाई छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’अमेरिका र युक्रेनबिच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठुला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दो रहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।’
आज रुस र युक्रेन दुबैका लागि युद्ध घाँडो भएको तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठुलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको महासचिव पोखरेलको विश्लेषण छ । ‘शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रीय शान्ति विना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुने अवस्था छ,’ भनेका छन् ।
उनले अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने सङ्केत गरेको बताएका छन् । गाजा क्षेत्र प्यालेस्टानीहरुबाट खोस्ने योजनाले त्यसकै सङ्केत गर्ने उनको बुझाई छ ।
उनले भनेका छन्, ’साथै रुस र युक्रेन बिचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिबाट एसियाली राष्ट्रहरू विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण