भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न माग
काठमाडौँ । यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार विभागमा संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानुनी कारबाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।
भारवहन सीमा कडाइका साथ कार्यान्वयन नहुँदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए । उनले मालवाहक सवारी दुर्घटना पश्चात् हुने क्षतिका लागि राहतकोष स्थापना गर्न समेत माग गरेको बताए ।
त्यस्तै यातायात व्यवसायीहरूले सडक तथा पुलहरूको निरीक्षण र मर्मत गर्नुपर्ने र गृह मन्त्रालयबाट परिपत्र भएको १२ बुँदे दुर्घटना न्यूनीकरण प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् । उनीहरूले आफ्ना मागका बारेमा १५ दिनभित्र कार्ययोजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण